neapl investment mega bank
  • गृहपृष्ठ
  • वैकल्पिक शक्ति समाजवादी पार्टी : पूर्वप्रधानमन्त्री भट्टराई

वैकल्पिक शक्ति समाजवादी पार्टी : पूर्वप्रधानमन्त्री भट्टराई

Feb 22nd, 2020

पर्वत, १० फागुन (रासस)

समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशको प्रगति चाहने हरेक व्यक्ति समाजवादी पार्टीमा सहभागी हुन आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस दुवै दलमा कतिपय राम्रा मान्छे रहेको उहाँले बताउनुभयो । तर, उनीहरूको विचार अगाडि ल्याउन नदिइएका कारण त्यस्ता विचारलाई मुद्दाका रूपमा समाजवादी पार्टीले उठाउने भएकाले बुद्धिजीवीहरु आफ्नो पार्टीमा आउनु उपयुक्त हुने डा भट्टराईको भनाइ थियो । पार्टीको सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत आज पर्वतमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै डा भट्टराईले नेकपा नै ओरालो बाटो लागेका कारण अबको वैकल्पिक शक्ति समाजवादी पार्टी भएको दाबी गर्नुभयो ।

डा भट्टराईले प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिनँ भनेर प्रतिबद्धता गर्ने तर दिनप्रतिदिन सरकारका गलत समाचार आइरहेको बताउँदै सरकारले विश्वास गुमाउँदै गएको आरोप लगाउनुभयो । सरकारले समृद्धि भइरहेको दाबी गरेर गुणगान गाइरहँदा आफ्नै पार्टीका मान्छेले नै मुखामुख गर्ने गरेको भन्दै उहाँले दुई वर्षसम्म सरकारले केही गर्न नसकेको आरोप लगाउनुभयो ।