neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रभु बैंकद्धारा राष्ट्रिय जनश्वास्था प्रयोगशालामा काउन्टर

प्रभु बैंकद्धारा राष्ट्रिय जनश्वास्था प्रयोगशालामा काउन्टर

Feb 20th, 2020

काठमाडौ, फागुुन ८

प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा एक्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बिहिबार काठमाण्डौं महानगरपालिका वडा नं. १२ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा एक्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंककोे एक्टेन्सन काउन्टरको समुद्घाटन स्वास्थ्य सेवा बिभागका महानिर्देशक डा. रोशन पोखरेलले गरेका हुुन ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पनि आप्mनो सेवा विस्तार गर्न सफल भएको छ । प्रभुको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको काम गर्न सहज र सरल हुने भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवाउपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

बैंकले हाल सबै क्षेत्रमा गरी दुुई सय आठ वटा शाखा, एक सय ५७ एटिएम, ४५ वटा एक्सटेन्सन काउन्टर एवं १७ वटा शाखा रहित बैंकिङ सेवा मार्फत बित्तीय सेवा उपलब्ध गराँउँदै आएको छ ।