neapl investment mega bank
  • गृहपृष्ठ
  • ग्याँस लिक भई आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट

ग्याँस लिक भई आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट

Feb 20th, 2020

सप्तरी, ८ फागुन

सुरुङ्गा नगरपालिका-८ स्थित राष्ट्रिय अधारभूत विद्यालय महुलियामा विद्यार्थीहरुको लागि खाजा बनाउने क्रममा ग्याँस लिक भई बुधबार दिउँसो आगलागी हुँदा फर्निचर, खाद्यान्न सामाग्री, पुस्तक लगायत अन्य कागजातहरु समेत जलेर करिब २ लाख ५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दा र विद्यार्थीहरुको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।