neapl investment mega bank
  • गृहपृष्ठ
  • गुण्डागर्दीमा संलग्न रहेको अभियोगमा पक्राउ

गुण्डागर्दीमा संलग्न रहेको अभियोगमा पक्राउ

Feb 20th, 2020

काठमाडौं, ८ फागुन

पटक पटक गुण्डागर्दीमा संलग्न व्यक्ति पासलाल तामाङ पक्राउ परेकाछन । महानगरीय अपराध महाशाखा टेकुुका अनुसार सिन्धुपाल्चोक जुगल गा.पा वडा नं.३ बोल्दे घर भएका पासलाल तामाङ समेतका ब्यक्तिहरुले बलेफी हाईड्रोपावर काम गर्ने ठेकदार र अरु ब्यक्तिहरुलाई पनि हातहतियार देखाई ज्यान मार्ने, हात खुट्टा भाँचिदिने तथा धाक, धम्की समेत दिई त्रास पैदा गर्ने जस्ता कार्यमा संलग्न रही फरार रहेका थिए ।

उनले महिला समेत लाई अभद्र ब्यबहार गरेको सुचनाको आधारमा यही फागुुन छ गते महाशाखाबाट खटिएको बिशेष प्रहरी टोलीले निजलाई खोजतलास गर्दा का.जि.जडिबुटी बाट पक्राउ गरी अभद्र ब्यबहार सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान कार्वाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको प्रहरीले जनाएको छ ।