neapl investment mega bank
  • गृहपृष्ठ
  • चौथो निर्वाचन दिवस, २०७६ को कार्यक्रम सम्पन्न

चौथो निर्वाचन दिवस, २०७६ को कार्यक्रम सम्पन्न

Feb 20th, 2020

काठमाडौ, फागुुन ८


चौथो निर्वाचन दिवस, २०७६ “स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवम् मितव्ययी निर्वाचनः शान्ति, स्थिरता, समृद्धि र सुशासन” भन्ने नाराका साथ मूल समारोह कार्यक्रम सम्पन्न भएको छ । मूल समारोह कार्यक्रममा सम्माननीय राष्ट्रपतिज्यू समक्ष प्रमुख निर्वाचन आयुक्तबाट आयोगको तेस्रो पञ्चवर्षीय रणनीतिक योजना, (२०७६/०७७ – २०८०/०८१), निर्वाचन स्मारिका, २०७६ र निर्वाचन न्याय स्रोतपुस्तिका, २०७६ अर्पण गर्नुभयो । उक्त अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट निर्वाचन आयोग र अन्तर्गत कार्यालयमा उत्कृष्ट कार्यसम्पादन गर्ने ५ (पाँच) जना कर्मचारीहरूलाई प्रशंसापत्र सहित पुरस्कार प्रदान गर्नुभयो ।


मूल समारोह कार्यक्रममा सम्माननीय प्रधानमन्त्रीज्यूले लोकतन्त्रको पूर्वशर्त आवधिक निर्वाचन हो, यसका लागि जनताको अभिमत स्वीकार गर्न सकेमा मात्र लोकतन्त्र सुदृढ हुने कुरा व्यक्त गर्नुभयो । सो अवसरमा उहाँले निर्वाचनको ऐतिहासिक सन्दर्भको उल्लेख गर्नुहुँदै पुर्खा र अग्रजले गरेको योगदानको चर्चा गर्नुभयो । निर्वाचनमा विद्युतीय मेशिनको प्रयोगमा कुनै शंका, द्विविधा नहुनेगरी विश्वसनीयता कायम गरेर मेशिनको प्रयोग गर्ने, निर्वाचनको समयमा उम्मेदवारका तर्पmबाट गरिने खर्च सम्बन्धी लगातका विषयहरूमा धारणा व्यक्त गर्नुभयो । सम्बोधनका क्रममा स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रूपमा निर्वाचन सम्पन्न गर्न समक्ष रहेकोमा निर्वाचन आयोगको प्रशंसा गर्नुहुँदै प्रमुख निर्वाचन आयुक्त, आयुक्त र सचिव लगायत राष्ट्रसेवक कर्मचारीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो ।


मूल समारोह कार्यक्रममा समुपस्थित सम्माननीय राष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधि सभाका समामुख राष्ट्रिय सभाका अध्यक्ष, पूर्व प्रधानमन्त्रीहरू, माननीय उपप्रधानमन्त्री माननीय मन्त्री एवम् राज्यमन्त्रीहरू, प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति लगायत उपस्थित महानुभावहरूलाई स्वागत गर्नुहुँदै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले संवैधानिक काम, कर्तव्य र अधिकार अन्तर्गत रहेर सम्पादन भइरहेका कार्यहरू र आगामि दिनहरूमा आयोगले राखेका सोचहरू सहितको विस्तृत मन्तव्य प्रस्तुत गर्नुभयो ।