neapl investment mega bank
  • गृहपृष्ठ
  • बम विष्फोटन गराउने कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ

बम विष्फोटन गराउने कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ

Feb 19th, 2020

सुनसरी, ७ फागुन

धरान उपमहानगरपालिका-१८ स्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानको कम्पाउण्डभित्र रहेको दिल्ली पब्लिक स्कूलको गेटमा २०७६ भदौ २० गते बम बिष्फोट गराउने कार्यमा संलग्न रहेको अभियोगमा मोरङ केराबारी गाउँपालिका-६ डाँगी बस्ने ३८ वर्षीय गोपाल बस्नेतलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई धरान उपमहानगरपालिका-८ बरगाछी चोकमा फेला पारी पक्राउ गरेको हो । साथै उनको साथबाट मोबाइल ४ थान र डायरी ४ थान समेत प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।