neapl investment mega bank
  • गृहपृष्ठ
  • कर्तव्य ज्यान लगायतका विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य ज्यान लगायतका विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ

Feb 19th, 2020

रौतहट, ७ फागुन

कर्तव्य ज्यान लगायतका विभिन्न मुद्दाका फरार प्रतिवादी मौलापुर नगरपालिका-८ सोनरनिया बस्ने अभय सिंह भन्ने ४० वर्षीय कामेश्वर सिंह पटेल कुर्मीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट १ राउण्ड गोली लोड भएको नलकटुवा पेस्तोल १ थान, एसएलआरको गोली ४ राउण्ड र गोलीको खोका ३ थान समेत प्रहरीले बरामद गरेको छ ।

निज कुर्मी बारा जिल्ला हुँदै रौतहट जिल्लातर्फ प्रवेश गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको प्रहरीले चन्द्रपुर नगरपालिका-४ स्थित धन्सारबाट जङगल सहिया जाने बाटोमा कुर्मीलाई फेला पारी नियन्त्रणमा लिन खोज्दा कुर्मीले कटुवा पेस्तोल ताकी प्रहरीलाई लक्षित गरी फायर गर्न खोजे पश्चात प्रहरीले आत्मरक्षाको लागि जवाफी फायर गर्दा कुर्मी घाइते भएका थिए । घाइते कुर्मीको चन्द्रपुर अस्पताल प्रालिमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।