काठमाडौँ, ६ फागुन (रासस)
अर्काको घरमा ‘प्याष्टिक ह्याण्ड ग्रिनेट’ राख्ने एक जना पूर्व सैनिकलाई आज प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाका अनुसार ललितपुरको गोदावरी नगरपालिका– ५ लेलेबाट नेपाली सेनाका पूर्व हबल्दार राजकुमार सार्कीलाई पक्राउ गरिएको हो ।
स्थानीय सुकराम मिजारको घरमा ग्रिनेट फेला परेपछि प्रहरीले गरेको अनुसन्धानका क्रममा सार्कीले राखेको पत्ता लागेपछि पक्राउ गरिएको जनाइएको छ । ग्रिनेट राख्नुको कारण भने खुलेको छैन । घटनाको विषयमा ललितपुर प्रहरीले अनुसन्धान गरिरहेको छ । उक्त ग्रिनेटलाई नेपाली सेनाको बम निष्क्रिय टोलीले निष्क्रिय पारेको छ ।