neapl investment mega bank
  • गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

Feb 18th, 2020

रुपन्देही, फागुुन ६

रुपन्देही जिल्लाको सिद्वार्थनगर नगरपालिका १ स्थित डण्डाबाट फागुन ५ गते एपीएफ टोलीले करीव पाँच लाख ८७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

यूपी ६५ सिटि ००२ नम्बरको भारतीय बसमा राखी अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद लत्ताकपडा भन्सार कार्यालय भैरहवामा बुझाएको छ ।