neapl investment mega bank

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

Feb 18th, 2020

काठमाडौं, ६ फागुन

भक्तपुर, मध्यपुर थिमी नगरपालिका-९ निकोसेरा चक्रवती कलेज नजिक खाली चौरमा हाल नम्बर नखुलेको मोटरसाइकलमा मंगलबार बिहान आगलागी हुँदा मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको छ ।

मोरङ, विराटनगर महानगरपालिका-६ स्थित बिकाश अग्रवालको ओम अटो पार्टस पसलमा विद्युत सर्ट भई सोमबार राति आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सुनसरी, बराहक्षेत्र नगरपालिका-३ देबीथान बस्ने सुमन गिरीको घरमा विद्युत सर्ट भई सोमबार राति आगलागी हुँदा घर तथा घरमा जोडीएको कुखुराको फर्म समेत जलेर करिब ५ लाख रुपैयाँ बराबर धनमाल नष्ट भएको छ ।

बाँके, डुडुवा गाउँपालिका-१ खडैचा बस्ने पर्शुराम लोहनियाको घरमा सोमबार राति आगलागी हुँदा घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुल्न सकेको छैन । स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।