neapl investment mega bank
  • गृहपृष्ठ
  • ट्रायल पास गराइदिन्छु भनी ठगी गर्ने पक्राउ

ट्रायल पास गराइदिन्छु भनी ठगी गर्ने पक्राउ

Feb 18th, 2020

भक्तपुर, ६ फागुन

पैसा लिई ट्रायल पास गराई दिन्छु भनी ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-३ घर भई काठमाडौं शंखमुल बस्ने ५० वर्षीय केशव बहादुर श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मध्यपुर थिमी नगरपालिका-९ राधेराधेमा रहेको इजी वे ट्रायल सेन्टरमा सवारी साधनको लाईसेन्स निकाल्न आउने व्यक्तिहरुसँग पैसा दिए ट्रायल पास गराई दिन्छु भनी ठगी गर्दै हिँडेका उनलाई महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।