neapl investment mega bank
  • गृहपृष्ठ
  • सुदूरपश्चिम प्रदेशको समग्र विकासका लागि प्रतिबद्ध छौँ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशको समग्र विकासका लागि प्रतिबद्ध छौँ : मुख्यमन्त्री भट्ट

Feb 18th, 2020

अत्तरिया, ६ फागुन (रासस)

मुख्यमन्त्री त्रिलोचन  भट्टले सुदूरपश्चिम प्रदेश सरकार प्रदेशको समग्र विकासका लागि प्रतिबद्ध भएर लागेको बताउनुभएको छ । कैलालीको सोमबार चुरे गाउँपालिका–६ स्थित बयलामा मेलकट्टेश्वर माध्यमिक विद्यालयको ५९औँ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै उहाँले दुईवर्षे कार्यकालमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकासलगायत विषयलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो ।

उहाँले सुदूरपश्चिम प्रदेश सरकार गठन भएको दुई वर्षको समीक्षा गर्दा सन्तोषजनक रहेको बताउँदै प्रदेश सरकारले सङ्घीयताको जग बलियो बनाउने काम गरेको बताउनुभयो । मुख्यमन्त्री भट्टले दुईवर्षे कार्यकालमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकासलगायत विषयलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गरेको दाबी गर्नुभयो ।

प्रदेशको नामकरण र राजधानी तोक्नुलाई सरकारको मुख्य उपलब्धि ठान्दै उहाँले ३१ वटा कानून निर्माण गरी सरकारबाट सेवा प्रवाह भइरहेको बताउनुभयो । प्रदेश सरकारको जिम्मेवारी सम्हाल्दा कानून र संरचना अभाव भएकाले अहिले हामीले कानून कार्यान्वयन तथा कार्यालय व्यवस्थित गरेको उहाँको भनाइ छ । कर्मचारी अभावका कारण प्रदेश सरकारले चाहेको गतिमा काम गर्न नसकेको उहाँले स्वीकार गर्नुभयो ।