neapl investment mega bank

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Feb 17th, 2020

धनुषा, ५ फागुन

४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका-४ विश्वकर्मा चोक बस्ने २५ वर्षीय नरेश महतोलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

महतो लगायत २ जनाले आइतबार बेलुका ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरीले महत्तोलाई पक्राउ गरेको हो । साथै जबरजस्ती करणीमा संलग्न महत्तोका साथी फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।