neapl investment mega bank
  • गृहपृष्ठ
  • अवैध रुपमा ल्याएको चाँदी र तामाका विभिन्न सामान सहित पक्राउ

अवैध रुपमा ल्याएको चाँदी र तामाका विभिन्न सामान सहित पक्राउ

Feb 17th, 2020

झापा, ५ फागुन

मेचीनगर नगरपालिका-६ बाट अवैध रुपमा ल्याएको चाँदीका विभिन्न सामान करिब १४ किलो र तामाका विभिन्न सामान करिब २१ किलो सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने ३४ वर्षीय अजित नगरकोटी र सोही महानगरपालिका-१ बस्ने ३८ वर्षीय श्याम सुनुवार रहेका छन् । ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा झोलामा उक्त सामान सहित फेला पारी पक्राउ गरेको हो ।

बरामद सामान सहित उनीहरुलाई आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टा झापामा बुझाइएको उक्त कार्यालयले जनाएको छ ।