neapl investment mega bank
  • गृहपृष्ठ
  • १७ जना छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा शिक्षक पक्राउ, पीडितको तर्फबाट उजुरी नपर्दा मुद्दा दर्ता भएन

१७ जना छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा शिक्षक पक्राउ, पीडितको तर्फबाट उजुरी नपर्दा मुद्दा दर्ता भएन

Feb 17th, 2020

आधारभूमी संवाददाता

काठमाडौ, फागुुन ५

ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ७ स्थित नारायण आधारभुत प्रा. वि का शिक्षक नन्द प्रसाद निरौला आफ्ना १७ जना छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । तर उनी विरुद्ध उजुरी नपरेको कारण मुद्दा दर्ता हुन भने सकेको छैन ।

सो प्रा. वि.मा एक बर्ष देखि कर्यरत नन्द प्रसाल निरौलाले छात्रहरुलाई जिस्काउने , संवेदनशिल अंगमा छुने गरेको भन्दै १७ जना छात्राहरुले उनलाई कारवाही होस् भनी स्कूलका प्रिन्सीपललाई निवेदन दिएका थिए ।

तर स्कूलले यौन दुव्र्यवहारको आरोप लागेका निरौला विरुद्ध अहिलेसम्म उजुरी नदिएको महानगरिय प्रहरी प्रभाग सातदोबाटोका डिएसपी मित्रबन्धु शर्माले वताए ।

आरोपी निरौला प्रहरुीको नियन्त्रणमा रहेको तर स्कूलले वा पीडित छात्राका अभिभावले उजुरी नदिएसम्म मुद्दा दर्ता हुन नसक्ने उनले जनाकारी दिए । उनले भने पीडितको तर्फबाट अभिभावकले उजुरी गरिदिनुपरयो अनि मात्र प्रहरीले थप अनुसंन्धान र कारवाही गर्न सकिन्छ ।

सो विद्यालयकी प्रिन्सीपल सविता सिलवालले उजुरी दिने कि नदिने भनेर स्कूलमा छलफल भैरहेको बताइन् । आरोपी निरौलाले राजनीतिक आडमा उजुरी नगर्न धम्की दिएको स्रोतले बताएको छ । स्कूल व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर कार्कीले यस विषयमा केह प्रतिकृया नदिने वताए । कार्की पूर्व जनप्रतिनिधी हुन् ।

आरोपी शिक्षक निराला विरुद्ध यस अघि पनि पाटन उच्च मा।वि र कालिका मा। वि लामाटारका छात्राहरूलाई यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो ।