neapl investment mega bank
  • गृहपृष्ठ
  • धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

Feb 16th, 2020

सुनसरी, ४ फागुन

धरान उपमहानगरपालिका-१२ बस्ने २६ वर्षीय शुभराज राई समेत तीन जनालाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा धरान उपमहानगरपालिका-१९ बस्ने ताप्लेजुङ सिम्ले घर भएका २५ वर्षीय मिलन राईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

शुभराज राई समेत तीन जनालाई मिलन राईले खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । खुकुरी प्रहारबाट घाइते भएकाहरुलाई उपचारको लागि घोपा अस्पताल धरान लगिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।