neapl investment mega bank

अवैध लागूऔषध पोल्याण्ड सहित पक्राउ

Feb 15th, 2020

काठमाडौं, फागुुन ३

चन्द्रागिरी नगरपालिका २ नागढुङगाबाट अवैध लागूऔषध पोल्याण्ड २ किलो सहित रामेछाप दोरम्बाका भिम बहादुर मगरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा .५ ख ६२५१ नम्बरको यात्रबाहक सवारी साधनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।