neapl investment mega bank
  • गृहपृष्ठ
  • पूर्वीनाका काँकडभिट्टाबाट भ्यानसहित ६० लाख बढीको सामान बरामद

पूर्वीनाका काँकडभिट्टाबाट भ्यानसहित ६० लाख बढीको सामान बरामद

Feb 14th, 2020

भद्रपुर, २ फागुन

मेचिनगर नगरपालिका १२ धाईजनस्थित सडकबाट भन्सार छली लुकाइछिपाई मे.१ ज १८०७ नम्बरको बोलेरो पिकअप भ्यानमा ल्याउँदै गरेको विभिन्न सामानहरु बिहीबार बिहान प्रहरीले बरामद गरेको छ । विभिन्न कपडा र उक्त गाडी समेत गरी बरामद सामानको ६० लाख ३१ हजार १ सय रुपैयाँ मूल्य पर्ने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उक्त भ्यानमा जाँच गर्ने क्रममा साडी, ब्लाउज, कृर्तासलवार, ढाका कपडा लगायतका फेन्सी सामान भन्सार छली लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा फेला पारी चालक समेतलाई नियन्त्रणमा लिएको हो ।

बरामद सामान र गाडी सहित चालकलाई आवश्यक कारवाहीको लागि क्षेत्रीय राजश्व कार्यालय ईटहरी सुनसरी पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।