neapl investment mega bank
  • गृहपृष्ठ
  • सुन जस्तो देखिने पहेंलो धातु सहित पक्राउ

सुन जस्तो देखिने पहेंलो धातु सहित पक्राउ

Feb 14th, 2020

काठमाडौं, २ फागुन

काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट सुन जस्तो देखिने पहेंलो धातु करिब १ सय ५० ग्राम सहित भक्तपुर मध्यपुर ठिमी नगरपालिका-५ घर भई हाल काठमाडौं गौशाला बस्ने ४० वर्षीय नुच्छेलाल खड्गी लगायत ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले बा.१ य १०१२ नम्बरको पर्यटक ट्याक्सी जाँच गर्ने क्रममा ट्याक्सीमा लुकाई छिपाई राखेको उक्त धातु फेला पारी ट्याक्सीमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।