neapl investment mega bank
  • गृहपृष्ठ
  • भृकुटीमण्डपमा जुत्ता मेला शुरु, १५ देखी ५० प्रतिशत सम्म छुट

भृकुटीमण्डपमा जुत्ता मेला शुरु, १५ देखी ५० प्रतिशत सम्म छुट

Feb 14th, 2020

काठमाडौ, फागुुन २

भृकुटी मण्डपको भित्र छिर्ने बितिकै दायाँतिर नेपालका प्रतिष्ठित जुत्ता कम्पनीहरुको मेला सुरु भएको छ । नेपालका पुराना र प्रतिष्ठित कम्पनीहरु शिखर शु, वीएफ डीएरहील, ल्यान्ड वास, रन शु र शु ल्याण्डले ग्राहक सङको प्रत्यक्ष भेटघाटको लागि उक्त मेलाको आयोजना गरिएको हो ।

१५ देखी ५० प्रतिशत सम्म छुट रहेको उक्त मेलामा २ सय ५० देखि आठ हजार सम्मका जुत्ता पाइन्छन् भने चप्पल एक सय देखि एक हजार सम्मका पाइन्छन् । बिभिन्न समयमा लाग्ने यस्ता मेला भन्दा यसपटकको मेला फरक रहेको छ । हजारौं मोडलका जुत्ता चप्पल पाइने उक्त मेलामा बच्चा, युवक, वृद्ध सबैलाई मिल्ने खालका जुत्ता चप्पल पाइन्छ । जाडो, गर्मी दुबै मौसमलाई मिल्ने खालका जुत्ता चप्पल पाइन्छन् ।