neapl investment mega bank
  • गृहपृष्ठ
  • भ्रष्टाचारीलाई सामूहिक बहिस्कार गर्नुपर्छ : मुख्यमन्त्री भट्ट

भ्रष्टाचारीलाई सामूहिक बहिस्कार गर्नुपर्छ : मुख्यमन्त्री भट्ट

Feb 14th, 2020

डोटी, २ फागुन (रासस)

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भ्रष्टाचरीका कारण देशमा विकासले गतिलिन नसकेको आरोप लगाउनुभएको छ । डोटी चेम्बर अफ कमर्सले डोटीको दिपायलमा आयोजना गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सवको उद्घाटनमा मुख्यमन्त्री भट्टले देशमा जति विकास गर्ने कोशिस गरेपनि भ्रष्ट मानसिकता र भ्रष्टाचारी कर्मचारीका कारण विकासको गति उँधो लग्दै आएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो,“कमिसन खोर र भ्रष्टाचारका कारण देश बदनाममित हुँदै गएको छ, भ्रष्टाचारीलाई सामूहिक बहिस्कार गर्नुपर्छ ।” मुख्यमन्त्री भट्टले गाउँ र समाजको विकास गर्नु छ भने आप्mनो सोच बदल्नुपर्ने समेत बताउनुभयो । सुदूरपश्चिम प्रदेशलाई विकासका पूर्वाधारले देशकै नमूना प्रदेश बनाउनेतर्फ आफू लागि परेको समेत मुख्यमन्त्री भट्टले बताउनुभयो ।

उहाँले सुदूरपश्चिमको विकासको धरोहरका रुपमा रहेको राष्ट्रकै गौरवको ७५० मेगावाट क्षमताको पश्चिम सेती परियोजना निर्माणका लागि प्रदेश सरकारले पहल चालेको र केही दातृ निकायले निर्माणका लागि चासो राखेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारले मुख्यमन्त्री स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरेको छ, उक्त कार्यक्रमले उपचार नपाएर कसैले पनि ज्यान गुमाउने छैनन् ।”

मुख्यमन्त्री भट्टले सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा हजारौँ पर्यटक भित्र्याउन तथा त्यहाँको प्रचारप्रसारका लागि प्रदेश सरकारले खप्तड झिग्रानासम्म पक्की सडक बनाउने योजना अघि सारेको उल्लेख गर्नुभयो । कार्यक्रममा सङ्घीय सांसद प्रेमबहादुर आलेमगरले नेकपाकै सरकारका पालामा डोटीसहित समग्र सुदूरपश्चिमको विकास हुने बताउनुभयो ।

‘सेतीको हीरा खप्तडको मोती, व्यापार पर्यटन र जलस्रोतबाट बनाउछौँ समुन्नत डोटी’ भन्ने मूल नाराका साथ नेपाल भम्रण वर्ष २०२० लाई सफल पार्नका लागि डोटी चेम्बर अफ कमर्सले जिल्लाको दिपायलमा प्रादेशिक व्यापारिक कृषि तथा पर्यटन महोत्सव सञ्चालन गरेको हो । यही फागुन १३ गते सम्म सञ्चालन हुने महोत्सवमा रु एक करोडभन्दा बढीको आर्थिक कारोवार गर्ने लक्ष्य रहेको बताइएको छ ।