neapl investment mega bank

कामना सेवाको कल सेन्टर सञ्चालनमा

Feb 13th, 2020

काठमाडौ, फागुुन १

प्रगतिको आधार कामना सेवा सँग कारोबार भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै आजबाट कल सेन्टर सञ्चालनमा ल्याएको छ । जसबाट ग्राहकहरुले गुनासो सुनुवाईका साथै बैंकको सेवा सुविधाको बारेमा जानकारी प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले यो सुविधा लिनका लागि टोल फ्रि नम्बर १६६००-११-३००० मा सिधै सम्पर्क गर्न सक्नेछन् ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ११८ वटा शाखा तथा ६२ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबिबिएस, एसएमएस बैंैकिङ, मोवाईल बैंकिङ लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।