neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रेम दिवसमा प्रेम साटासाट गर्दै हुनुहुन्छ ? प्रेमीलाई खुशी पार्ने हो भने यी काम नगर्नुस्

प्रेम दिवसमा प्रेम साटासाट गर्दै हुनुहुन्छ ? प्रेमीलाई खुशी पार्ने हो भने यी काम नगर्नुस्

Feb 13th, 2020

काठमाडौं,फागुन १

यदि तपाई प्रेममा हुनुहुन्छ र प्रेम दिवसमा प्रेमीलाई कसरी खुशी पार्ने भनेर सोच्दै हुनुहुन्छ भने यी गल्ती नगर्नुस् ।

यदि तपाईँ आफ्नो जीवनसाथीलाई नयाँ जागिर, पदोन्नती वा कुनै अन्य राम्रो खबर दिन सक्नुहुन्न भने तपाईले आफ्नो सम्बन्ध खतरामा छ भन्ने बुझ्नुपर्छ । यस्तो अवस्थामा तपाइले सबै वास्तविकता बताएर बन्धन अझ मजबुत बनाउन सक्नुहुन्छ ।

तपाईको जीवनसाथीले तपाईको हरेक गतिविधिबारे चासो राख्छ । तपाई फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालमा सक्रिय भएको समयमा उनीहरूलाई प्रतिक्रिया दिनुहुन्न भने, यो बानी तपाईको सम्बन्धमा खतराको घण्टी हो । यो बानीलाई हटाएर सम्बन्ध बलियो बनाउनुहोस् ।

प्रायः मानिसहरु व्यस्त रहने भएकोले आफ्नो जीवनसाथीलाई समय दिन सक्दैनन् । यस्तो अवस्थामा उनीहरू साथी वा घनिष्ठ साथीसँग समय बिताउन शुरु गर्छन् र उनीहरुको बारेमा तपाइलाई बताउन शुरु गर्छन् । यो कुरा तपाईलाई चित्त बुझ्दैन र चेतावनी दिन थाल्नुहुन्छ । यो विषय सम्बन्ध टुट्नुको एक कारण बन्न सक्छ । यसमा सुधार गर्नुहोस् ।

पहिलो भेटमा तपाई आफ्नो साथीप्रति निकै आकर्षित हुनुहुन्थ्यो तर समय बित्दै जाँदा उनीहरुसँग कुरा गर्नुको सट्टा उनीहरू वरिपरि हेरेर अन्य चिजलाई प्राथमिकता दिनुहुन्छ र अरु कुरा गर्नुहुन्छ भने यो तपाईको सम्बन्ध बिग्रिएको संकेत हो । यो कुरालाई नजरअन्दाज नगर्नुहोस् । एजेन्सी