neapl investment mega bank

हातहतियार सहित पक्राउ तथा बरामद

Feb 12th, 2020

काठमाडौं, २९ माघ

स्याङ्जा, हरिनास गाउँपालिका-६ गैरा खोला बस्ने ३६ वर्षीय नारायण मानन्धरलाई १ थान पेस्तोल सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले मानन्धरको घरमा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो ।

सिन्धुली, मरिण गाउँपालिका-३ नक्कलेस्थित जंगलबाट १ नाल लोड भएको भरुवा बन्दुक मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको गस्ती प्रहरीलाई देखेर १ जना मानिस भागेकोले लखेट्दै जाने क्रममा उक्त बन्दुक फेला पारी बरामद गरेको छ । फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।