neapl investment mega bank

चोरी गर्ने गिरोहका पाँच जना पक्राउ

Feb 11th, 2020

काठमाडौ, माघ २८

चोरी गर्ने गिरोहका पाँच जना पक्राउ परेकाछन । महानगरी प्रहरी परिसर काठमाडौका अनुसार प्रहरी परिसर काठमाडौवाट खटिएको विशेष टोलीले यही माघ २६ चन्द्रागिरी नपा १२ वलम्वु स्थित घरमा कोहि नभएको अवस्थामा घर फोडी नगद गर गहना सहित अन्दाजी चार लाख वरावरको चोरी गरी फरार रहेका निम्न उल्लेखित व्यक्तिहरुलाई यही माघ २६ गते कंलकी स्थित खाजा घरमा अर्को घर फुटाउने योजना गरिरहेको अवस्थामा घर वनाउने औजार सहित नियन्त्रणमा लिईएको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा निजहरु मध्ये ४ जना पहिला पनि विभिन्न चोरी मुद्दामा ५ वर्ष भन्दा वढी कारागारमा सजाय भुक्तान गरी केही महिना पहिला मात्र छुटी पुन गिरोह वनाई चोरी कार्यमा संलग्न रहदै आएको वुझिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुुसार पक्राउ परेका व्यक्तिहरुको साथबाट नगद १४ लाख ४ सय, मोवाईल ६ थान, घर फुटाउने औजार ४ थान, मोटरसाईकल ३ थान बरामद भएको छ । पक्राउ पर्नेहरुमा मकवानपुर ज्यामिरे घर भई हाल चावहिल वस्ने वर्ष २९ का गणेश तामाङ्ग रहेको र उनी मिति २०७६ साल अशोज महिनामा चोरी मुद्दामा ४ वर्ष जेल भुक्तान गरी छुटेको देखिएको छ । यसैगरी सिन्धुपाल्चोक ईन्द्रावती ४ घर भई हाल चावहील वस्ने वर्ष २६ का कर्मा तामाङ्ग रहेको र उनीपनि मिति २०७६ साल भाद्र महिनामा चोरी मुद्दामा ५ वर्ष जेल भुक्तान गरी जरिवाना ६ लाख समेत तिरी छुटेको देखिएको छ ।

यसैगरी सिन्धुली मरीन गा.पा ४ घर भई हाल चावहिल वस्ने वर्ष २२ का मनोज माझी रहेको र उनी पनि मिति २०७० साल चैत्र महिनामा चोरी मुद्दामा ५ वर्ष जेल भुक्तान गरी छुटेको देखिएको छ । यसैगरी पक्राउन पर्नेहरुमा सिन्धुपाल्चोक ईन्द्रावती घर भई हाल गोगंवु वस्ने वर्ष २२ का कपिल नकर्मी र सिन्धुपाल्चोक ईन्द्रावती घर भई हाल गोगंवु वस्ने वर्ष ३० का वेल वहादुर नकर्मीं (राजकुमार) भन्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ ।