neapl investment mega bank
  • गृहपृष्ठ
  • मित्रराष्ट्र बंगलादेशका सेना प्रमुखद्वारा नेपालको औपचारिक भ्रमण सम्पन्‍न

मित्रराष्ट्र बंगलादेशका सेना प्रमुखद्वारा नेपालको औपचारिक भ्रमण सम्पन्‍न

Feb 11th, 2020

काठमाडौ, माघ २८

पाँच दिने नेपालको औपचारिक भ्रमण सम्पन्‍न गरी मित्रराष्ट्र बंगलादेशका सेना प्रमुख अजिज अहमद  आज स्वदेश फिर्ता हुनु भएको छ ।

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्री राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयका सह संयोजक उपरथी निर्मल कुमार थापाले बिदाई गर्नु भएको थियो ।

नेपाल भ्रमणको दौरान उहाँले सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी, सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओली, माननीय उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल तथा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग शिष्टाचार भेटवार्ता गर्नु भएको थियो । उहाँले पोखरास्थित श्री पश्चिम पृतना हे.क्वा., पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र तथा केही पर्यटकीय स्थलहरुको समेत भ्रमण गर्नु भएको थियो ।