neapl investment mega bank

लुटपाट गरेको अभियोगमा पक्राउ

Feb 11th, 2020

सप्तरी, २८ माघ

विभिन्न धनमाल लुटपाट गरेको अभियोगमा बोदेबर्साईन नगरपालिका-१० बैरियाही बस्ने ३३ वर्षीय नागेन्द्र यादवलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

नागेन्द्र र सोही ठाउँस्थित खडकपुर बस्ने २५ वर्षीय निर्मल यादव लगायत ३ जनाले मादक पदार्थ सेवन गरी स्वर्णपट्टीबाट जाजरतर्फ जाँदै गरेको ज.११ प ४७८९ नम्बरको मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४० वर्षीय प्रमोद कुमार यादवको नगद २ लाख ३७ हजार रुपैयाँ, मोबाइल १ थान र घडी १ थान लुटपाट गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बोदेबर्साईबाट खटिएको प्रहरीले नागेन्द्रलाई पक्राउ गरेको हो ।

लुटपाटमा संलग्न अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।