neapl investment mega bank

विभिन्न हातहतियार सहित पक्राउ

Feb 11th, 2020

डोल्पा, २८ माघ

ठुलीभेरी नगरपालिका-२ लोचा जंगलबाट सोही ठाउँ तिप्ला घर भएका २८ वर्षीय खड्क बहादुर रोकायालाई लोड भएको भरुवा बन्दुक १ थान, चक्कु १ थान, बारुद करिब ७८ ग्राम, पासो १ थान, केफ ९ थान र शिशाका छर्रा १९ थान सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त हतियार सहित फेला पारी रोकायलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।