neapl investment mega bank
  • गृहपृष्ठ
  • होटल सङ्घद्वारा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गराउन निर्देशन

होटल सङ्घद्वारा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गराउन निर्देशन

Feb 11th, 2020

काठमाडौँ, २८ माघ (रासस)

होटल सङ्घ नेपालले ३० दिनभित्र आफ्ना कामदार तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गराउन सम्पूर्ण होटल व्यवसायीलाई निर्देशन दिएको छ ।

सङ्घको कार्यसमिति बैठकले सङ्घमा आबद्ध होटललाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुने निर्णय गरेको महासचिव साजन शाक्यले जानकारी दिनुभयो । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को दफा १९ र २० मा व्यवस्था भएबमोजिम श्रमिकलाई कोषमा सूचीकृत गराउने दायित्व सम्बन्धित रोजगारादता/प्रतिष्ठानकै हो भन्ने स्पष्ट रहेको भन्दै सङ्घले तत्कालै रोजगारदाताले होटलले आफ्ना श्रमिकलाई कोषमा सूचीकरण गराउने निर्णय गरेको हो ।

योजनामा सहभागी नहुने रोजगारदातालाई कारवाही गर्ने संकेत गरेपछि रोजारदाता धमाधाम कोषमा सूचीकृत हुन थालेका छन् । आइतबार साँझसम्म कोषमा एक लाख ४४ हजार ३५२ श्रमिक र १२ हजार १४० रोजगारदाता सूचीकृत भएका छन् । सरकारले कोषमा सूचीकृत नभएका रोजगारदाताको नवीकरण रोक्ने, सरकारी सुविधा उपलब्ध नगराउनेलगायत तयारी गरेको छ ।