आधारभूमी संवाददाता
काठमाडौं, माघ २८
सञ्चालनमा रहेका ३ वटा बाणिज्य बैंकहरुले राष्ट्र बैंकको निर्देशन नै उल्लंघन गरेका छन् । यसरी नियमबिपरित बैंकिङ कारोबार सञ्चालन गरेपछि तीनवटा बैंक कार्वाहिमा परेका छन् ।
सम्पत्ति शुद्धिकरणका लागि आवश्यक सूचना नदिएपछि राष्ट्र बैंकले यसमाथि कार्वाहि गरेको राष्ट्र बैंकले उपलब्ध गराएृको प्रमाणमा देखिन्छ। बैंकमाथि २० लाख रुपैयाँ जरिवाना तिराइएको छ ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा सीसीडी अनुपात ८० भन्दा धेरै भएपछि राष्ट्र बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई ७ लाख १० हजार रुपैयाँ जरिवाना तिराएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको व्यवस्था अनुसार बैंकहरुले कर्जा पुँजी निक्षेप अर्थात सीसीडी अनुपात ८० प्रतिशत नघाउन पाउँदैनन् । तर बैकंले ८० प्रतिशतभन्दा माथि कर्जा प्रवाह गरेको छ ।
जरिवानाका वाबजुद सेञ्चुरी नसच्चिएपछि दोस्रो त्रैमासमा फेरि ४२ लाख ८ हजार रुपैयाँ जरिवाना समेत तिरेको राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांकमा देखिन्छ ।
सञ्चालनमा रहेका सबै वाणिज्य बैंकले यो व्यवस्था कार्यान्वयन गर्नुपर्ने भएपनि बेलोबलामा बैंकहरुले यस्तो सिमा उल्लंघन गरेर लगानी गर्ने गरेका छन् ।
प्राथमिकता प्राप्त क्षेत्रमा राष्ट्र बैंकले तोकेको सीमा अनुसार ऋण नदिएका कारण पनि कारवाहीमा परेका छन् । ऊर्जा तथा पर्यटनमा कुल कर्जाको न्यूनतम १५ र कृषिमा न्युनतम १० प्रतिशत ऋण दिनुपर्ने व्यवस्था अटेर गरेकाले बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष ज्ञानेन्द्र ढुंगाना प्रमुख कार्यकारी अधिकृत रहेको बंगलादेश बैंकले चार करोड रुपैयाँ जरिवाना तिरेको छ ।
बैंकहरुले राष्ट्र बैंकको निर्देशन पालना गर्न जरुरी छ । किनकी राष्ट्र बै.कले बित्तीय स्थायित्व र पारदर्शिताका लागि विभिन्न मौदिक व्यवस्था गरेको हो ।