neapl investment mega bank

अज्ञात व्यक्तिद्वारा स्कुटरमा आगजनी

Feb 10th, 2020

काठमाडौँ, २७ माघ (रासस)

ललितपुर महानगरपालिका वडा नं १०, कुपण्डोल हाइटस्थित साता आकी पुस्तकालय पछाडि रोकिराखिएको रातो रङको प्रदेश ३–०२, ००८ प, २७६४ नंको स्कुटर आज दिउँसो अज्ञात व्यक्तिले जलाएको छ ।

आफ्नो ससुराको वार्षिक पुण्यतिथिको निम्ता दिन त्यस स्थानमा पुग्नुभएकी समिता मगियाको स्कुटर रोकेर गएको करिब २० मिनेटमा उक्त मोटरसाइकलमा आगो लगाइएको हो । मोटरसाइकलमा लगाइएको आगो स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको प्रहरी निरीक्षक पूर्णिमा चन्दले जानकारी दिनुुभयो । आगो लगाई भाग्ने अज्ञात व्यक्तिको खोजी गरी कडाभन्दा कडा कारवाही गरिने प्रहरी निरीक्षक चन्दले बताउनुभयो । तीनदिनअघि त्यही स्थानमा रोकिराखिएको स्थानीय व्यक्तिको स्कुटरमा पनि चक्कुले सिट तथा अगाडिको भागमा काटिदिएको प्रहरी निरीक्षक चन्दले जानकारी दिनुभयो ।