neapl investment mega bank
  • गृहपृष्ठ
  • संस्कृति तथा परम्पराको निरन्तरता भावी पुस्ताबाट : उपमेयर खड्गी

संस्कृति तथा परम्पराको निरन्तरता भावी पुस्ताबाट : उपमेयर खड्गी

Feb 10th, 2020

काठमाण्डौ ,२७ माघ

काठमाण्डौ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी (श्रेष्ठ)ले प्रभु पे कुमारी पूजा २०७६ को समापनमा बोल्दै संस्कृति संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्य सहित सानासाना बालिकाहरुलाई यसरी गरिएको कुमारी पूजाले नेवारी संस्कृति, संस्कार र परम्पराका बारेमा जानकारी गराउनुका साथै भविष्यमा तिनै बालिकाहरुले परम्परालाई निरन्तरता दिनुपर्ने भएकोले यस किसिमको कार्यक्रमको ठूलो महत्वभएको दर्शाउनुभयो ।

महिलाहरुद्धारा संचालित यस साथी संगी नेपालले महिला अब कमजोर, घरभित्रमात्र सिमित छैन भन्ने सन्देशका साथ अघि बढिरहेकोमा खुशी व्यक्त गर्नुभयो । साथै आफूले राजनीति क्षेत्रमा गरेका संघर्षका बारेमा बताउँदै महिला दिदीबहिनीहरुलाई अघि बढ्न आफूले गर्नुपर्ने साथ र सहयोग सधै रहने बताउनुभयो । परम्परा जोगाउनका लागि आफूहरुले आफ्ना सन्तानलाई सिकाउन पर्ने बताउँदै आफूले आफ्ना सन्तानको केक काटेर होइन सगुन दिएर जन्मोत्सव मनाउने गरेको अनुभव बताउनुभयो ।


त्यस्तै कार्यक्रमका अर्का अतिथि आइएम एस ग्रुपका अध्यक्ष दिपक मल्होत्राले साना बालिकाहरुलाई कुमारी पूजा गर्दा स्वस्थ्य तथा दिर्घायु रहने विश्वास गरिने भएकोले पनि कुमारी पूजाको विशेष महत्व रहेको भन्दै परम्परा जोगाउन गरिएको यो कार्यक्रममा आफू सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्नुभयो । साथै आफूले आफ्नो नातिनीलाई पनि पूजामा सहभागी गराएको जिकिर गर्दै आगामी दिनमा पनि यस किसिमको कार्यक्रम निरन्तर हुनुपर्ने बताउनुभयो । त्यस्तै अर्का विशेष अतिथि मेरीगोल्ड ज्वेलर्सका अध्यक्ष ज्योत्सना श्रेष्ठले कार्यक्रमको सफलताको कामना गर्दै नेवारी संस्कृतिमा मात्र सिमित नभई अन्य जातीले पनि यस परम्परालाई स्विकारेकोमा खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रममा अन्यअतिथिहरुले पनि कुमारी पूजाको महत्व स्मरण गर्दै कार्यक्रमको सफलताको कामना गर्नुभयो । पूर्व मिस नेपाल जेनिशा मोक्तान तथा व्यवसायी डिकेश मल्होत्राका २ वर्षिय छोरी दिया मल्होत्रा द्धारा पानसमा दीपप्र ज्वलन गरी कुमारी पूजा २०७६ को उद्घाटन गरिएको थियो । कार्यक्रममा कुमारी पूजाका लागि आएका बालिकाहरुको आफन्त तथा आमन्त्रित अतिथिहरुले बालिकाहरुलाई उपहार वितरण गरेका थिए भने आयोजक संस्थाले परम्परागत सगुन, खीर र समयबजि वितरण गरेका थिए । परम्परालाई जोगाइ राख्ने दायित्व हामी युवाहरु र भावी पुस्ताकै हो भन्दै संस्थाकाअध्यक्ष रीना श्रेष्ठले आफ्नो संस्थाले भिन्तुना र्याली, सुकुन्दा र्याली, कुमारी पूजा जस्ता कार्यक्रमहरुलाई निरन्तरता दिँदै आइरहेको बताउनुभयो ।साथै नेपाल सरकारले सहकार्य नगरेको गुनासो पोख्दै यस किसिमको कार्यक्रमलाई धार्मिक पर्यटनसँग जोड्नुपर्ने बताउनुभयो ।

प्रभु पे वालेट अब मोबाइलमा को प्रायोजन रहेको कुमारी पूजा २०७६ मा १४८ जनाकुमारी, गणेश, कुमार र भैरव गरी जम्मा १५१ जना बालबालिकाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहयोगी संस्थाहरुलाई प्रमाणपत्र तथा मायाको चिनो कार्यक्रमका प्रमुख अतिथि तथा विशेष अतिथिहरुले प्रदान गर्र्नुभएको थियो ।