neapl investment mega bank
  • गृहपृष्ठ
  • बसले मोटरसाइकललाई ठक्कर दिंदा २ जनाको मृत्यु

बसले मोटरसाइकललाई ठक्कर दिंदा २ जनाको मृत्यु

Feb 10th, 2020

सिराहा, २७ माघ

नरहा गाउँपालिका-५ स्थित चोहर्वास्थित सडकमा ना.४ ख ९२४१ नम्बरको बसले लु.१६ प ४४४१ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा सिरहा नगरपालिका-३ रमौल बस्ने २९ वर्षीय अमन मण्डल र सोही नगरपालिका-३ मख्ना बस्ने ४५ वर्षीय शैलेन्द्र कुमार मण्डल रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका अमनको बिराटनगर न्यूरो अस्पताल र शैलेन्द्रको राउ अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । फरार बस चालकको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।