neapl investment mega bank
  • गृहपृष्ठ
  • सेती नदीको खोचमा खसेका व्यक्तिको सकुशल उद्दार

सेती नदीको खोचमा खसेका व्यक्तिको सकुशल उद्दार

Feb 10th, 2020

कास्की, २७ माघ

पोखरास्थित सेती नदीको खोचमा खसेर अड्किएका १ जनालाई सोमबार नेपाल प्रहरीको उद्दार समूहले सकुशल उद्दार गर्न सफल भएको छ ।

म्याग्दी घर भई हाल कास्की पोखरा बस्ने २३ वर्षीय आकाश गुरुङ खोचमा खसेको खबर प्राप्त हुनासाथ गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराको उद्दार समूह र वडा प्रहरी कार्यालय वैदामबाट खटिएको प्रहरी टोलीले उनको सकुशल उद्दार गरेको हो ।

पोखरा महानगरपालिका-९ पार्वती टोलस्थित सेती नदीको खोचमा आफ्नो कुकुर अड्किए पछि उक्त कुकुरलाई बचाउन लाग्दा गुरुङ खोचमा खसेका थिए । उद्दार गरिएका गुरुङको अवस्था समान्य रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।