neapl investment mega bank
  • गृहपृष्ठ
  • आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

Feb 10th, 2020

रुकुम (पूर्व), माघ २७

आफ्नै ६० वर्षीया श्रीमती दिलमायाँ पुनलाई कुटपिट गरी हत्या गरेको अभियोगमा भूमे गाउँपालिका ३ सिमा बस्ने ८० वर्षीय नर बहादुर पुनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी पुनले आफनै श्रीमतीलाई कुटपिट गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कांक्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कुटपिटबाट गम्भीर घाइते भएकी दिलमायाँको जिल्ला अस्पताल रुकुमकोटमा उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।