neapl investment mega bank
  • गृहपृष्ठ
  • इजरायलले सबै प्यालेष्टिनी कृषि निर्यातमा प्रतिबन्ध

इजरायलले सबै प्यालेष्टिनी कृषि निर्यातमा प्रतिबन्ध

Feb 10th, 2020

इरामल्ला, २७ माघ (रासस/सिन्ह्वा)

इजरायलले प्यालेस्टाइनको कृषि निर्यातमा प्रतिबन्ध लगाइएको आइतबार प्यालेस्टिनी सरकारलाई जानकारी गराएको छ ।

प्यालेस्टाइनको अर्थव्यवस्था मन्त्रालयका प्रवक्ता अज्मी अब्देल रहमानले सिन्ह्वासँग भन्नुभयो “इजरायली रक्षामन्त्री नफ्ताली बेनेटले जोर्डन हुँदै सबै प्यालेस्टाइनको कृषि निर्यातमा प्रतिबन्ध लगाउने निर्णय फेब्रुअरी छ देखि लागू गरिसकेको जानकारी गराएका थिए ।

“इजरायली निर्णय जोर्डनतर्फको एलेन्बी सीमा पार गरेर हाम्रा किसानहरूको बिरूद्धमा लागू भइसकेको थियो, तर हामीलाई आज प्रतिबन्धका बारे आधिकारिक रूपमा सूचित गरिएको छ,” उहाँले भन्नुभयो । इजरायलले निर्यातमा प्रतिबन्ध लगाएका प्यालेसस्टनी सामानहरूमा जैतुनको तेल र जडिबुटी रहेका छन् जस अन्तर्गत वार्षिक १० करोड अमेरिकी डलर मूल्य बराबरको कृषि उपजलाई इजरायल प्रवेशमा रोक लागेको रहमानले बताउनुभयो ।

यसपहिले प्यालेस्टिनी सरकारले तरकारी, फलफूल, खनिज पानी र शीतल पेयजस्ता इजरायली उत्पादनहरू आयात गर्नमा प्रतिबन्ध लगाएको घोषणा गरेको थियो । गत सेप्टेम्बरमा प्यालेस्टाइन सरकारले मासुका लागि आयात गरिने इजरायली बाच्छाहरूलाई प्रतिबन्ध लगाउने निर्णय गर्दै विवादको सुरूवात भएको थियो । बदलामा प्यालेस्टिनी सरकारले इजरायली ताजा तरकारी र फलफूलमा प्रतिबन्ध लगाइएको थियो ।

“इजरायलले पेरिस प्रोटोकलको लगभग सबै धाराको उल्लङ्घन गरिसकेको छ,” अब्देल रहमानले भन्नुभयो । “प्यालेस्टाइन र जोर्डनबीचको निर्यातमा इजरायललाई हस्तक्षेप गर्न दिइनु हुँदैन“ उहाँले थप्नुभयो ।

पेरिस प्रोटोकल सन् १९९४ मा इजरायल र प्यालेस्टाइन मुक्ति संगठनबीचको आर्थिक सम्बन्धलाई नियन्त्रण गर्नका लागि हस्ताक्षर गरिएको आर्थिक सन्धि हो । जसमा प्यालेस्टाइनहरुलाई इजरायलले बन्दरगाह र सीमा नाका स्वतन्त्र रूपमा उपयोग गर्न मिल्ने र दुबै पक्षले नियमित बैठकहरुमा सहभागिता जनाउने उल्लेख गरिएको छ । यद्यपि दुई पक्षबीचको संयुक्त आर्थिक समितिले सन् २००० मा बैठक गर्न बन्द ग¥यो । तर इजरायलले त्यसपछि एकपक्षीयरूपमा आफु अनुकुलका घोषणा गर्दै आएको अब्देल रहमानले बताउनुभयो ।

“हामीले पटक पटक बैठकका लागि आग्रह गरेका छौ तर इजरायलले स्वीकार गरेको छैन,” प्रवक्ता अब्देल रहमानले भन्नुभयो । वेस्ट बैंकमा रहेका प्यालेष्टिनीहरूले जोर्डन र विश्वका अन्य मुलुकसँग जोडिनका लागि एलेन्बी ब्रिज ९पुल० को प्रयोग गर्छ ।