neapl investment mega bank
  • गृहपृष्ठ
  • करणी उद्योग कार्यमा संलग्न हाम्रो फेलोसिप पुर्न स्थापनाका सुरक्षागार्ड पक्राउ

करणी उद्योग कार्यमा संलग्न हाम्रो फेलोसिप पुर्न स्थापनाका सुरक्षागार्ड पक्राउ

Feb 9th, 2020

काठमाडौ, माघ २६

करणी उद्योग कार्यमा संलग्न हाम्रो फेलोसिप पुर्न स्थापनाका सुरक्षागार्ड पक्राउ परेकाछन ।

प्रहरीका अनुुसार काठमाण्डौं बुढानिनिलकण्ठ न.पा. वडा नं. ६ बिष्णुमतीमा रहेको हाम्रो फेलोसिप पुर्नस्थापना केन्द्रमा रहेका सुरक्षा गार्डले उपचारार्थ रहेका महिलालाई करणी उद्योग गर्ने गरेको भन्ने यस महाशाखामा गोप्य सूचना प्राप्त भए पश्चात आवश्यक अनुसन्धान एवं सोधपुछको लागि यस महानगरीय अपराध महाशाखाबाट मिति २०७६/१०/२४ गते उक्त स्थानमा प्रहरी टोली खटिगई बुझ्दा उक्त केन्द्रमा उपचारार्थ रहेकी पिडित महिला नाम परिवर्तीत अपराध महाशाखा (६) ले आफुलाई केन्द्रको सुरक्षागार्ड लगायत ब्यबस्थापन समेतको काम गर्ने जिल्ला नुवाकोट बेलकोटगढी न.पा. वडा नं. १२ घर भएका बर्ष २५ को बिशाल भन्ने रमेश प्रसाद वाग्लेले बिभिन्न बहाना बनाई, एकान्तमा बोलाई सम्झाउने बहानाले निजलाई अश्लिल हर्कत, संबेदनशिल अंगहरु समेतमा समाई पिडित बनाउदै आएको भनी बताईकी थिईन ।

सोही अभियोगमा २५ को बिशाल भन्ने रमेश प्रसाद वाग्लेलाई नियन्त्रणमा लिई करणी उद्योग गर्ने मुद्धामा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि आज आईतबार महानगरीय प्रहरी परिसर टेकुु पठाईएको महानगरीय अपराध महाशाखा टेकुले जानकारी दिएको छ ।