neapl investment mega bank
  • गृहपृष्ठ
  • अवैध रुपमा लुकाइछिपाई राखेको ७१ बोरा केराउ सहित पक्राउ

अवैध रुपमा लुकाइछिपाई राखेको ७१ बोरा केराउ सहित पक्राउ

Feb 9th, 2020

रौतहट, २६ माघ

ईशनाथ नगरपालिका-४ महुरियाबाट अवैध रुपमा लुकाइछिपाई राखेको ५० केजीका ७१ बोरा केराउ सहित भारत विहार बस्ने सचिन गोसाइलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा अवैध रुपमा केराउ लुकाइछिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र प्रहरी चौकी मठिया रौतहटबाट खटिएको संयुक्त प्रहरीले जाँच गर्ने क्रममा महुरियास्थित भुस राख्ने गोठमा लुकाईछिपाइ राखेको अवस्थामा उक्त केराउ बरामद गरी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।