neapl investment mega bank

दुई सय ग्राम सुन सहित एक जना पक्राउ

Feb 9th, 2020

काठमाडौं, २६ माघ


चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध रुपमा लैजान लागेको करिब २ सय ग्राम सुन सहित सर्लाही बरमपुर नगरपालिका-७ मोहनगन्ज बस्ने एहजार अन्सारीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ना.५ ख ६५९९ नम्बरको यात्रुवाहक बसमा जाँच गर्ने क्रममा बसमा सवार अन्सारीको साथमा उक्त सुन फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।