neapl investment mega bank
  • गृहपृष्ठ
  • वैदेशिक रोजगार कसुर मुद्दाका फरार कसुरदार पक्राउ

वैदेशिक रोजगार कसुर मुद्दाका फरार कसुरदार पक्राउ

Feb 9th, 2020

काठमाडौं, २६ माघ

वैदेशिक रोजगार कसूर मुद्दाका फरार कसूरदार भक्तपुर सूर्यविनायक नगरपालिका-७ घर भई हाल काठमाडौं महानगरपालिका-२६ रानीवारी बस्ने ३७ वर्षीय अजय तामाङलाई शुक्रबार कोटेश्वर काठमाडौंबाट प्रहरीले पक्राउ गरेको छ ।

तामाङले आकर्षक वैदेशिक रोजगारको लागि जापान पठाई दिने भन्दै विभिन्न व्यक्तिबाट रकम लिई आफूले पठाउँछु भने बमोजिम वैदेशिक रोजगारमा नपठाई रकम ठगी गरेका थिए ।

वैदेशिक रोजगार कसूरको ३ वटा मुद्दाहरुमा वैदेशिक रोजगार न्यायाधिकरणको २०७५ मंसिर २४ गतेको फैसलाले ३ वटै मुद्दामा गरी जम्मा ४ बर्ष ६ महिना कैद र ४ लाख ५० हजार रुपैयाँ जरिवाना हुने ठहर भएकोमा उक्त सजाय बेरुजु रही फरार तामाङलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुर मार्फत कारागार कार्यालय डिल्लीबजार पठाइएको उक्त ब्यूरोले जनाएको छ ।