neapl investment mega bank
  • गृहपृष्ठ
  • दाउरा बोकेको ट्र्याक्टर दुर्घटना : एकको मृत्यु

दाउरा बोकेको ट्र्याक्टर दुर्घटना : एकको मृत्यु

Feb 9th, 2020

सिन्धुली, २६ माघ

सिन्धुली, दुधौली नगरपालिका-१ टोड्केपानी जंगलस्थित सडकमा लु.८३ त ६८९० नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँस्थित गिचियानी बस्ने ७० वर्षीय ब्रमलाल धामीको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका अन्य १४ जनालाई नेपाल आमा मेमोरियल अस्पताल डकाहा हुँदै थप उपचारका लागि ३ जनालाई ट्रमा सेन्टर काठमाडौं र ९ जनालाई जिल्ला अस्पताल सिन्धुली पठाइएको छ । अन्य २ जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।