neapl investment mega bank

विद्युतीय झड्काबाट एकको मृत्यु

Feb 8th, 2020

सिन्धुली, २५ माघ (रासस)

दुधौली नगरपालिका–१० पटियानिमा विद्युतीय झड्कामा परेर युवाको मृत्यु भएको छ । विद्युतीय झड्का लागेर गम्भीर घाइते भएका ३६ वर्षीय कृष्ण कटुवालको आज उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीका जानकारी दिनुभयो ।

पटियानीस्थित सार्वजनिक नर्सरीमा काँडेतार लगाउन खम्बा गाड्न रड सिधा गर्ने क्रममा ११ हजार भोल्ट करेन्टको प्रशारण लाइनमा रडले छँुदा कटुवाललाई विद्युतीय झड्का लागेको थियो ।