neapl investment mega bank
  • गृहपृष्ठ
  • श्रमिकलाइ लक्षित गरि दिइएको जीवन उपयोगी सिपमूलक तालिम सम्पन

श्रमिकलाइ लक्षित गरि दिइएको जीवन उपयोगी सिपमूलक तालिम सम्पन

Feb 8th, 2020

काठमाण्डौ ,२५ माघ

म डान्सबारमा काम गर्छु , तर आफनो कार्यक्षेत्र प्रति नै आत्मविश्वास हराएको महसुस भएको थियो , तर विश्वास नेपालबाट पाएको जीवन उपयोगी सिपमूलक तालिमका कारण आत्मविश्वास बढेर आयो । बार आफनो कार्यक्षेत्र भएतापनि डर विभिन्न कुराहरु सँग डर लाग्ने , कसैले केहि भन्यो भने के होला भनेर सोच्ने गर्दे तर आजको दिन देखि म भित्र परिवर्तन आयो भन्छिन काठमाण्डौ स्थित एक डान्सबारमा कामग र्ने श्रमिक । यस्तै अनुभव सुनाउछिन दोहरी साझमा विगत ५ वर्ष देखि गायिकाको रुपमा कार्यरत श्रमिक

आफनो कार्यक्षेत्रमा कामप्रतिको आत्मविश्वास बलियो र निर्णय लिन सक्ने क्षमताको विकास गर्न विश्वास नेपाल नामक समाजिक सस्थाले श्रमिकहरुलाइ दिएको जीवन उपयोगी सिपमूलक तालिम शुक्रवार समापनभएको छ ।

करिब चार दिनसम्म चलेको उक्त तालिममा सृजनात्मक र समालोचनात्मक , सहजिकरणका विधिहरु, आत्मसम्मान , निर्णय गर्न सक्ने क्षमता, समस्या समाधान , म को हु?, अन्तरव्यक्ति सम्बन्ध प्रभावकारी सञ्चार , दुरव्यवहार , सम्झौता जस्ता समसामायिक विषयहरुमा कक्षाहरु सञ्चालन भएकाथिए । तालिमका प्रशिक्षार्थीहरुलाइ प्रमाणपत्र वितरण गर्दै विश्वास नेपालकी अध्यक्ष तारा भण्डारीले , तालिममा सिकाएका सबै टिप्सहरु आफनो जीवनमा या त कार्यक्षेत्रमा काम आउने र यसलाइ आफनो जीवनमा ढाल्न सक्यो भने जीवन सहजहुने बताउनु भयो । चार दिनसम्म सञ्चालनभएको उक्ततालिममा दोहरी साझ र डान्सबारमा कार्यरत करिब २१ जनामहिला श्रमिकहरुको सहभागिता रहेको थियो । तालिमका सहजकर्ताहरुमा विष्णु पनेरु , हिमाबोहरा , देवीपुन, नूनसरी श्रेष्ठ लगायतले प्रशिक्षण दिनु भएको थियो ।