neapl investment mega bank
  • गृहपृष्ठ
  • श्री एयरलाइन्सको पोखरामा व्यावसायिक उडान शुरु

श्री एयरलाइन्सको पोखरामा व्यावसायिक उडान शुरु

Feb 7th, 2020

काठमाडौँ, २४ माघ (रासस)

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले आजदेखि पोखरा गन्तव्यमा व्यावसायिक उडान शुरु गरेको छ । कम्पनीले हालै भित्र्याएको ८० सिट क्षमताको ‘ड्यास एट’ क्यू–४०० जहाजले पर्यटकीय क्षेत्र पोखरामा उडान शुरु गरेको हो ।

हाल नेपालमा आन्तरिक उडानमा प्रयोग भइरहेका जहाजमध्ये यो विशेष सुविधायुक्त जहाजबाट श्रीले पहिलोपटक सेवा सञ्चालन गरेको छ । छोटो दूरीको धावनमार्गमा सहज रुपले अवतरण र उडान गर्न सकिने यो जहाज क्यानेडियन कम्पनी बर्बार्डियरले उत्पादन गरेको जहाज हो । यो सिरिजका दुई जहाज भएको कम्पनीले निकट भविष्यमै उस्तै प्रकृतिका थप दुई थान जहाज ल्याउने जनाएको छ ।

नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा पर्यटक तथा हवाई यात्रुलाई फरक ढङ्गको सुविधा प्रदान गर्ने उद्देश्यले नयाँ जहाजबाट उडान शुरु गरिएको श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिनुभयो । श्री एयरलाइन्सको पोखरा नवौँ गन्तव्य हो । यहाँ दुई ठूला प्रतिस्पर्धी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले उडान भर्दै आएका छन् ।