neapl investment mega bank

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Feb 7th, 2020

कञ्चनपुर, २४ माघ

१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पुनर्बास नगरपालिका-१ गणेशबस्ती बस्ने बिजय चौधरीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

लालझाडी गाउँपालिका-३ नन्दगाउँस्थित छिमेकीको बिवाहको जन्ती गएको अवस्थामा चौधरीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।