neapl investment mega bank

विभिन्न सामान सहित पक्राउ

Feb 7th, 2020

रुकुम (पश्चिम), २४ माघ

आठविसकोट नगरपालिका-१४ छेपारेबाट सोही नगरपालिका-११ बस्ने २८ वर्षीय विमल कुमार शाही लगायत ४ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट चरेश जस्तो देखिने वस्तु करिब ३ सय ग्राम, भेलिमिठाई जस्तो कालो वस्तु करिब १४ केजी, ढुङ्गा करिब ५ केजी र खुर्सानीको धुलो करिब १ सय ग्राम बरामद भएको छ ।

प्रदेश प्रहरी कार्यालय लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी चौकी पुर्तिमकाँडाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई जाँच गर्ने क्रममा उक्त वस्तु सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।