काठमाडौ, माघ २४
सेञ्चुरी कर्मसियल बैंकले छ दसमलव ७५ प्रतिसत लाभांस बितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको यही माघ २३ गते बसेको सञ्चालक समितिको ३०३ औं बैठकले २०७६ आषाढ मसान्तमा कायम चुक्ता पुँजी आठ अर्ब ४१ करोड ५४ लाख ७१ हजार पाँच सय ७६ रुपैयाँको दुुई प्रतिसतले हुुन आउने १६ करोड ८३ लाख नौ हजार चार सय २३ रुपैयाँ बोनस सेयर र कुुल चुक्ता पुंजी आठ अर्ब ४१ करोड ५४ लाख ७१ हजार पाँच सय ७६ रुपैयाँको चार दसमलव ७५ प्रतिसतले हुुन आउने ३९ करोड ९७ लाख ३४ हजार आठ सय ९९ रुपैयाँ बराबरको नगद लाभांस बितरण गर्ने प्रस्ताव गरेको हो ।
सञ्चालक समितीको प्रस्ताव गरेको उक्त लाभांस नेपाल राष्ट्र बैंकको स्वीकृती एवं बैंकको आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने बैंकले जानकारी दिएको छ ।