neapl investment mega bank
  • गृहपृष्ठ
  • जापानमा ५.६ म्याग्नीच्युडको भूकम्प, सुनामीको चेतावनी छैन

जापानमा ५.६ म्याग्नीच्युडको भूकम्प, सुनामीको चेतावनी छैन

Feb 6th, 2020

टोकियो, २३ माघ (रासस/सिन्ह्वा)

जापानको इबाराकी नाका क्षेत्रमा बिहीबार ५.६ म्याग्नीच्युडको भूकम्प गएको छ ।

मौसम विज्ञान विभागका अधिकारीहरूले स्थानीय समय अनुसार बेलुका ८:२० बजे भूकम्प आएको जानकारी दिएका छन् ।

भूकम्प आएपनि सुनामीको कुनै खतरा भने नरहेको अधिकारीहरुले बताएका छन् । जापान भूकम्पीय दृष्टिकोणले अतिसंवेदनशिल मुलुक हो । जापानमा हरेक बर्ष दर्जनौँ पटक भूकम्प जाने गरेको छ ।