neapl investment mega bank
  • गृहपृष्ठ
  • नागरिकको लगानी राष्ट्र निर्माणमा : मुख्यमन्त्री पोखरेल

नागरिकको लगानी राष्ट्र निर्माणमा : मुख्यमन्त्री पोखरेल

Feb 6th, 2020

रुपन्देही, २३ माघ (रासस)

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले नागरिकको लगानी राष्ट्र निर्माणमा प्रयोग गर्ने गरी प्रदेश सरकारले योजना बनाउने बताउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बुटवलमा आज प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैयाँलाई शपथग्रहण गराउँदै मुख्यमन्त्री पोखरेलले नागरिकको लगानी सही ठाउँमा प्रयोग हुने गरी पूर्वाधार विकासका काम अगाडि बढाउनुपर्ने बताउनुभयो । मुख्यमन्त्री पोखरेलले नेपालीहरु किनमेलका लागि भारतीय बजारमा जाने प्रचलनको अन्त्यका लागि सीमा नाकाका शहरमा व्यावसायिक महल बनाउन आवश्यक रहेको धारणा राख्नुभयो । “अब किनमेलका लागि नेपाली भारत जाने होइन, भारतीय नेपालमा आउने वातावरण बनाउनुपर्छ ।”

मुख्यमन्त्री पोखरेलले राज्यको सम्पत्ति राज्यकै काममा प्रयोग गर्ने वातावरण तयार गर्नुपर्ने बताउनुभयो । “प्रदेश योजना आयोगले लगानी सम्मेलनसँग जोडिएर आयोजना पहिचान गरिरहेको छ, त्यो सन्दर्भमा आफ्नो सहभागितालाई परिणाममुखी बनाउन जरुरी छ, यसको अगुवाइ पूर्वाधार विकास प्राधिकरणले गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

प्रदेश प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत मजगैयाँले राष्टि¬«य र अन्तर्राष्ट्रिय रुपमा सँगालेका अनुभवका आधारमा प्रदेशको विकासका लागि काम गर्ने प्रतिबद्धता जनाउनुभयो । यही माघ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा इन्जिनीयर मजगैयाँलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।