neapl investment mega bank
  • गृहपृष्ठ
  • परालको कुन्यूभित्र लुकाई छिपाई राखेको दुई थान भरुवा बन्दुक बरामद

परालको कुन्यूभित्र लुकाई छिपाई राखेको दुई थान भरुवा बन्दुक बरामद

Feb 6th, 2020

झापा, माघ २३

बाह्रदशी गाउँपालिका २ सालघारीस्थित खेतबारीमा रहेको परालको कुन्यूमा लुकाई छिपाई राखेको भरुवा बन्दुक २ थान बुधबार राति प्रहरीले बरामद गरेको छ ।

भरुवा बन्दुक रहेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरीले परालकोकुन्यू खानतलासी गर्दा उक्त बन्दुक फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।